
रुकुमपश्चिममा एक व्यक्तिको शव फेला परेको छ ।
बुधबार बिहान आठबिसकोट नगरपालिका –१३ भल्ल गाउँ नजिक ठुलीभेरी नदि किनारमा एक पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार नदि छेउमा शव रहेको सूचना पश्चात प्रहरी टोली घटनास्थल पुगेको छ ।
शवको पहिचान भने हुन सकेको छैन । शरिरमा कपडा नभएको अवस्थामा पुरुषको शव भेटिएको उनले बताए ।
प्रहरीले स्थलगत घटनास्थल मुचुल्का तयार गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याउने तयारी भइरहेको छ ।
प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार









प्रतिक्रिया दिनुहोस्