सल्यानमा दिदीबहिनी घरभित्रै मृत भेटिए



सल्यानमा बुधबार बिहान दिदीबहिनी घरमै मृत भेटिएका छन् ।

मृत भेटिनेमा बनगाड कुपिण्डे नगरपालिका–११ गलगोलका टेकमान राना र पुर्णिमा रानाका छोरीहरू ३ वर्षीया करिष्मा र ६ महिनाकी राघवी रहेका छन् ।

दुई बहिनी मृत अवस्थामा भेटिएपछि अहिले प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले जानकारी दिए ।

कुनै पनि स्वास्थ्य समस्या नभएका दुई बहिनी मृत अवस्थामा भेटिएकाले घटना शंकास्पद रहेको उनले बताए ।

बालिकाका बाबु टेकमान रोजगारीका सिलसिलामा जिल्लाबाहिर रहेका छन् ।

आमा पूर्णिमालाई सोधपुछ गर्दा केही नबोलेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ । घटनास्थल पुगेको प्रहरी टोली अनुसन्धानमा जुटेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार