
कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा नरहरीनाथ गाउँपालिका–५, का ट्रकका साहु ४५ वर्षीय गंग देउवा रहेको कालिकोट प्रहरीले जनाएको छ ।
नरहरीनाथको लालु भन्ने ठाउँबाट फर्किने क्रममा कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक सोही ठाउँको हलेसे भन्ने भीरमा दुर्घटना परेको हो ।
ट्रक सडकबाट साढे दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर शाहीले बताए ।
ट्रक चालक भने हाम फालेर बचेको उनले बताए ।
प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्