
सुर्खेत । सुर्खेतको बबईमा भएको बस दुर्घटनामा ३६ जना घाइते भएको छ ।
यस्तै पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।
घाइते सबैलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा पठाइएको पनि उनले बताए ।
आइतबार बेलुका ५ः२० बजेतिर रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–५, को बबई स्थित सानो खोलामा भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको थियो ।
भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको उक्त बसमा ४१ जना सवार थिए ।
बस पुलबाट थोरै तल खसेको छ ।
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार
प्रतिक्रिया दिनुहोस्