सुर्खेत विमानस्थल बन्द, कारण के हो ?



सुर्खेत । सुर्खेत विमानस्थल बन्द हुने बताइएको छ ।

विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किने थालेपछि विमानस्थल नै बन्द गर्नु परेको विमानस्थल कार्यालयले जनाएको छ ।

मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा खाल्डो परेको थियो । उक्त खाल्डो पुर्ने काम भइरहेको नजिकै पानी निस्किन थालेपछि शनिबारसम्म विमानस्थल बन्द गर्नुपरेको विमानस्थल प्रमुख हिराजन काफ्लेले बताए ।

अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भएपनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनले बताए ।विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगन्ज पुग्नुपर्ने सिर्जना भएको छ ।

प्रकाशित मिति : २०८२ जेठ ८ गते बिहीबार