मेयर बालेन शाहको गीत युट्युव ट्रेन्डिङमा, नेपालकै पहिलोस्थानमा



र्‍यापर बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’ले विश्वब्यापी चर्चा पाइरहेको छ । रिलिजको २४ घण्टा नबित्दै यो गीत नेपालसहित ६ मुलुकमा युट्युवको ट्रेन्डिङमा छ ।
सोमबार बेलुका रिलिज भएको यो गीत नेपालमा भने स्ट्रिमिङको डेढघण्टामै ट्रेन्डिङमा थियो । मंगलबार मध्यान्हमा नेपालको संगीत खण्डतर्फ युट्युवको शीर्षस्थानमा छ । यो समाचार लेख्दासम्म गीतलाई झण्डै १२ लाख ६ हजार भन्दा धेरै पटक हेरिएको छ ।

नेपालमा युट्युव ट्रेन्डिङको शीर्षस्थानमा हुँदा ।नेपाली समुदायको बाक्लो बसोबास रहेका अस्ट्रेलिया युएई, कतार, माल्टा कुवेत लगायतका। नेपाली समुदायको बाक्लो बसोबास रहेका यी मुलुकका दर्शकले गीतलाई धेरै रुचाएको देखिएको छ ।
वैदेशिक रोजगारीको पीडा चित्रण गरिएको यो गीतलाई प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रमोसनमा प्रयोग गरिने जनाइएको छ । काठमाडौं महानगरको मेयर भएपछि बालेनले पहिलोपटक गीत ल्याएका हुन् । तर, यो गीतको अडियो भने १० वर्षअघि नै रिलिज भैसकेको छ ।

दशकअघि सुनिसकेका श्रोतालाई भिडियोसहितको भर्सनले भने पक्कै उत्साहित तुल्याएको हुनुपर्छ । ‘नेपाल हाँसेको’ गीतको भिडियोमा ‘लाज शरणम्’ गीतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मंगलबार