‘ठुलो बलिदानीबाट प्राप्त राजनैतिक उपलब्धीलाई खोस्ने कुचेष्टा भइरहेका छन्’



सुर्खेत । नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेशका सह–इन्चार्ज महेन्द्रबहादुर शाहीले सबैखाले प्रतिगमनकारी, निरंकुश, असंवैधानिक दुश्प्रयत्नहरुका विरुद्ध खबरदारी गर्दै समाजवादी व्यवस्था निर्माणको बाटोमा अघि बढ्न अपिल गरेका छन् ।

बिहीबार जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश दिँदै शाहीले यस्तो अपिल गरेका हुन् ।

शाहीले सामान्ती राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना जनयुद्धकै जगमा भएको दाबी पनि गरेका छन् ।
उनले भनेकका छन्, ‘जनयुद्धले नै गाउँ–गाउँमा जनतालाई जागृत गर्दै सामन्तवादका विरुद्धमा राजनैतिक लहर ल्याएको हो । जनयुद्धकै कारण मुलुकमा राजनैतिक परिवर्तन भएको र समावेशीता, समानुपातिकता, धर्मनिरपेक्षता, संघीयता लगायतका महत्त्वपसर्ण राजनैतिक उपलब्धीहरु प्राप्त भए ।’

जनयुद्धका कारण प्राप्त राजनैतिक उपलब्धीको उपभोग गर्ने तर जनयुद्धलाई अस्वीकार गर्ने र यसको महानतालाई खिसिट्युरी गर्ने प्रवृत्तिप्रति सचेत हुनुपर्ने पनि शाहीको भनाइ छ ।

ठुलो बलिदानीबाट प्राप्त राजनैतिक उपलब्धीलाई खोस्ने र मुलुकलाई फेरि पनि प्रतिगमनतर्फ लैजाने कुचेष्टा भइरहेको पनि उनले बताए ।

प्रकाशित मिति : २०८१ फागुन १ गते बिहीबार