एकदिवसीय क्रिकेटमा अमेरिकाको कीर्तिमानी जित, तोडियो ४० वर्षको रेकर्ड



सुर्खेत । आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाले कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार भएको खेलमा अमेरिकाले सबैभन्दा कम योगफल डिफेन्ड गर्दै ‌ओमानलाई हरायो ।
अमेरिकाले ओमानविरूद्ध १२२ रनको योगफल डिफेन्ड गरेको हो । जवाफी ब्याटिङ गरेको ओमान ६५ रनमै अलआउट भयो । ओमानलाई सस्तैमा समेट्न अमेरिकाका नोसथुस केन्जिगेले ७.२ ओभरमा ११ रन दिएर ५ विकेट लिए ।
यो एकदिवसीय क्रिकेटमा कुनै पनि ओभर नघटाइकन पूरै ५० ओभरनै खेलिएको खेलमा सबैभन्दा कम योगफल डिफेन्ड भएको कीर्तिमान हो ।
यसअघि सन् १९८५ मा भारतले पाकिस्तानविरूद्ध रथम्यान्स कपमा १२५ रनको स्कोर डिफेन्ड गरेको थियो । अमेरिकाले ४० वर्ष पुरानो रेकर्ड तोडेको हो ।
त्यसैगरी खेल अवधिभर दुवै टोलीले कुल ९ बलर प्रयोग गरेका थिए जसमा सबै बलर स्पीनर रहे । यो पनि एकदिवसीयमा पूर्ण भएका खेलमा फास्ट बलर प्रयोग नभएको पहिलोपटक हो

प्रकाशित मिति : २०८१ फागुन ६ गते मंगलबार