सुर्खेतमा फोर्स गाडी दुर्घटनाः १३ जना घाइते



सुर्खेतमा फोर्स गाडी दुर्घटनामा परेको छ । दैलेखको दुल्लुबाट कर्णाली राजमार्ग हुँदे वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको उक्त गाडी बिहीबार दिउँसो वीरेन्द्रनगरस्थित बांगेसिमलमा दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रविर विश्वकर्माका अनुसार गाडीमा सवार १६ मध्ये १३ जना घाइते भएका छन् ।

घाइतेहरुलाई प्रदेश अस्पताल, माया नर्सिङ होम र कर्णाली केयरमा पठाइएको छ ।

गाडी अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको उनले बताए ।

 

प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार