स्ववियु चुनावका लागि सुर्खेत बहुमुखी क्याम्पसमा १० विद्यार्थी संगठन दर्ता



सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि १० वटा विद्यार्थी संगठनले दर्ता गराएका छन् ।

निर्वाचन अधिकृत उपप्राध्यापक प्रेमबहादुर थापाका अनुसार दर्ता हुने संगठनहरूमा एमाले निकट विद्यार्थी संगठन, माओवादी निकट अखिल (क्रान्तिकारी), नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ, कांग्रेस निकट नेविसंघ लगायत रहेका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले पनि दर्ता गराएको छ ।

स्ववियूको चुनाव चैत्र ५ गते हुँदै छ ।

 

प्रकाशित मिति : २०८१ फागुन १९ गते सोमबार