सिक्किम र कर्णालीको भूगोलमा समानता



कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर डा. महेन्द्र पी लामाबिच भेटघाट भएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबिच भेट भएको हो ।

त्यस क्रममा कर्णालीको जलस्रोत, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका विविध विषयमा महत्वपूर्ण छलफल भएको मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् ।

सिक्किम सरकारका वरिष्ठ अर्थ सल्लाहकारसमेत रहेका लामाले सिक्किम र कर्णालीको भूगोलमा समानता भएको बताए । साथै सिक्किममा जस्तै कर्णालीमा पनि पर्यटनको सम्भावनाहरुबारे सरकारलाई सुझाव दिए ।

मुख्यमन्त्री कँडेलले कर्णालीका महत्वपूर्ण पर्यटकीय स्थलको भ्रमण गर्न लामालाई आग्रह गरे ।

प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार