१० औँ राष्ट्रिय खेलकुद जसरी पनि जेठमा हुने दाबी



सुर्खेत । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब तोकिएकै मितिमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने दाबी गरेका छन् ।

कर्णालीमा हुने भनिएको उक्त प्रतियोगिता ०८२ जेठ ३ देखि १० गते तोकिएको छ । यो मिति तेस्रो पटक तोकिएको हो । मन्त्री चौधरीले अब कुनैपनि बहनामा मिति सार्ने काम आफुहरुबाट नहुने बताए ।

आइतबार वीरेन्द्रनगरस्थित प्रादेशिक रंगशालामा प्रतियोगिता मुल आयोजक समितिको सचिवालय उद्घाटन गर्दै चौधरीले बरु कर्णाली प्रदेश खेलकुद विकास परिषद् पदाधिकारीविहीन अवस्थामा रहेकाले त्यसलाई पुर्णता दिन प्रदेश सरकारलाई आग्रह गरे ।

बाँकी भिडियो हेर्नुहोस्ः

https://www.facebook.com/share/r/1ARoHSxPNg/

प्रकाशित मिति : २०८१ फागुन २५ गते आइतबार