स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ विद्यार्थी संघसंगठनबीच प्रतिस्पर्धा हुने भएको छ



सुर्खेत । विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार चैत ५ गते हुने चुनावमा सहभागी हुन २५ विद्यार्थी संगठन दर्ता भएका छन् ।

सोमबार देशभरका क्याम्पसमा निर्वाचनमा भाग लिन चाहने संगठन र समूह दर्ता भएका समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । त्रिविमा ६२ वटै आंगिक क्याम्पसमा निर्वाचन समिति गठन भएको समितिले जनाएको छ ।

निर्वाचनमा भाग लिन केन्द्रमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी, अखिल क्रान्तिकारी (वैद्य), राष्ट्रिय प्रजातन्त्रबादी विद्यार्थी संगठन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं, अखिल नेपाल विद्यार्थी युनियन दर्ता भएका छन् ।
त्यस्तै, लोकतान्त्रिक विद्यार्थी संघ, अनेरास्ववियू (पाचौं), विद्यार्थी जनमत संघ, नेपाल विद्यार्थी मोर्चा, प्राज्ञिक विद्यार्थी परिषद्, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल क्रान्तिकारी बहुमत, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा, नागरिक विद्यार्थी समाज, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी मञ्च दर्ता भएको समितिले जनाएको छ ।
२०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संघसंगठनले भाग लिएका थिए

प्रकाशित मिति : २०८१ फागुन १९ गते सोमबार