जन्मदिनमा पत्रकार भण्डारीद्धारा शैक्षिक अक्षय कोषमा आर्थिक सहयोग



अछाम । पत्रकार सुशील भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको विद्यालयमा रहेको शैक्षिक अक्षय कोषमा आर्थिक सहयोग गरेका छन् ।

मंगलसेन नगरपालिकामा रहेको मालिका आधारभुत विद्यालय ठुलासैनको शैक्षिक अक्षय कोषमा आर्थिक सहयोग गरेका हुन् ।

भण्डारीले आफ्नो जन्मोत्सवका अवसर पारेर नै ०७८ फागुन १५ गते ‘सुशील शैक्षिक नामक अक्षयकोष’ स्थापना गरेका थिए ।
यो पटक मंगलबार परेको जन्मदिनका अवसरमा भण्डारीले २८ हजार पुनः अक्षय कोषमा सहयोग गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, सडक मिडिया राष्ट्रिय दैनिकका प्रकाशक समेत रहेका भण्डारीले
विद्यालयमा पढ्ने गरीब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले अक्षय कोषको स्थापना गरिएको बताए ।

आगामी दिनमा सो कोषलाई बढाउँदै लैजाने प्रतिबद्धत उनको छ । भण्डारीले आफुले स्थापना गरेको अक्षयकोषमा ४ वर्षको अवधिमा १ लाख बढी जम्मा गरेका छन् ।

प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार