एसइई परीक्षा : जाजरकोटको एक विद्यालयबाट बाहिरीयो प्रश्नपत्र



सुर्खेत । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन नै जाजरकोटको शिवालयमा रहेको एक विद्यालयबाट अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ ।
परीक्षा सुरु भएको एक घण्टा नहुँदै प्रश्न पत्र आउट भएको हो । प्रश्न पत्र सामाजिक सञ्जाल म्यासेन्जर र ह्वाटएप मार्फत ग्रुप बनाएर आउट गरिएको ग्रुपमा जोडिएका एक व्यक्तिले बताए ।

उनका अनुसार प्रश्न पत्र शिवालय–७ को वीरेन्द्र मावि जुँगाथापाचौरबाट बाहिरिएको हो । उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर खत्रीले प्रश्न पत्र बाहिरिएको कुरा गलत भएको बताए ।  केन्द्राध्यक्ष खत्रीले परीक्षा केन्द्रमा आफुले निकै कडाइ गरेको बताए

प्रकाशित मिति : २०८१ चैत ६ गते बिहीबार