डा. नवराज केसी ‘राष्ट्रिय हेल्थ अवार्ड—२०८१’ बाट सम्मानित



सुर्खेत । वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर नवराज केसी ‘राष्ट्रिय हेल्थ अवार्ड—२०८१’ बाट सम्मानित भएका छन् ।

शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य दर्पण मीडिया नेटवर्कले आफ्नो नवौं बार्षिकोत्सवको अवसरमा केसीलाई अवार्ड दिएको हो ।

पुर्व राष्ट्रपति डा. रामवरण यादवको हातबाट अवार्ड प्रदान गरिएको थियो ।

स्वास्थ्य शिक्षा र सेवाको क्षेत्रमा जिम्मेवार तवरले पुर्‍याएको योगदानको मुल्याङ्कन गर्दै केसीलाई उक्त अवार्ड दिइएको बताइएको छ ।

डाक्टर केसी कर्णालीका दुर्गम गाउँहरुमा पुगेर निःशुल्क स्वास्थ शिविर सञ्चालन गर्दै आएका छन् । पैसा नभएकै कारण उपचार नपाएकाहरुलाई निःशुल्क उपचार गरेर पठाउँछन् ।

उनी बहुचर्चित पुस्तक शून्यको मुल्यका लेखक समेत हुन् भने समाजवेशीको पहिचान पनि बनाएका छन् ।

प्रकाशित मिति : २०८१ चैत ८ गते शनिबार