वीरेन्द्रनगरमा मेडिकल सञ्चालनका नाममा लागुऔषधकाे काराेबार, सञ्चालक पक्राउ



सुर्खेत। वीरेन्द्रनगरमा मेडिकल सञ्चालनका नाममा लागुऔषधकाे काराेबार गरिरहेकाे पत्ता लागेकाे छ।

सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका-७, ईत्राम मिलन चाेकमा स्मरण मेडिकल सञ्चालन गर्दै आएका कालिकाेट तिलागुफा नगरपालिका-६ का ३२ वर्षीय नन्दबहादुर शाहीलाई लागुऔषध काराेबारी गरेकाे आराेपमा पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माका अनुसार लागुऔषध (ट्रामाडोल) काराेबार भइरहेकाे गाेप्य सुचनाका आधारमा साेमबार बेलुका ७ बजेतिर प्रहरीले उनकाे मेडिकलमा छापा हानेकाे थियाे।

उनकाे साथबाट ४ हजार ८ सय ट्याब्लेट लागुऔषध बरामद गरिएकाे प्रहरीले जनाएको छ।

शाहीले मेडिकल रहेकाे घरकाे अर्काे एक
काेठाभित्र ड्रम राखेकाे र त्यहाँभित्र पनि चामलभित्र लुकाएर राखेकाे प्रहरी नायव उपरीक्षक विश्वकर्माले बताए।

मेडिकल सञ्चालक शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेकाे छ ।

प्रकाशित मिति : २०८१ चैत १० गते सोमबार