कालिकोटमा बोलेरो गाडी दुर्घटना हुँदा ८ घाइते



सुर्खेत । कालिकोटमा बोलेरो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मंगलबार बेलुका ६ बजेतिर सुर्खेतबाट कालिकोट नरहरीनाथ गाउँपालिका–४ कुमालगाउँ भन्ने ठाउँतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको बोलेरो गाडी सोही ठाउँको डाडामाडुमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताए ।
उनका अनुसार घाइतेहरुको अवस्था सबैको सामान्य नै छ । गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भएर सडकबार २० मिटर तल खसेको छ ।

दैलेखमा पनि दुर्घटना

यस्तै दैलेखमा पनि गाडी दुर्घटना भएको छ ।

दैलेख प्रहरीका अनुसार मध्यपहाडी राजमार्ग अन्तर्गत भैरवी गाउँपालिका—२ रावतकोटमा विद्युतीय गाडी दुर्घटना भएको हो ।
दैलेख सदरमुकामदेखि पश्चिमको आठबिस नगरपालिकातिर जाँदे गरेको कर्णाली प्रदेश ०२००१ ज ०६२१ नम्बरको उक्त विद्युतीय गाडी तीव्र गतिका कारण दुर्घटना भएको र ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालका अनुसार घाइतेमध्ये तीन जनाको जिल्ला अस्पताल दैलेखमा उपचार पश्चात् डिस्चार्ज भइसके भने एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

गाडी चालक फरार रहेका छन् भने गाडी सडकबाट करिब १५ मिटर तल खसेको छ ।

 

प्रकाशित मिति : २०८१ चैत ११ गते मंगलबार