काठमाडौँमा राजावादी आन्दोलन अराजक उन्मुखः घरमा आगजनी, पसलहरु तोडफोड



राजा फर्काउने आन्दोलनका प्रदर्शनकारीले अराजकतातर्फ उन्मुख भएको देखिन्छ ।

आज काठमाडौँमा भएको आन्दोलनमा उनीहरुले घरमा आगजनी गर्नेदेखि तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा तोडफोड गरेका छन् । उनीहरुले घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका छन् ।

तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया छिया भएका छन् ।

प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको घटनास्थलमा रहेका नेपाल प्रेसकर्मी उमेश कार्कीले जनाएका छन् ।

घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका हुन् ।

तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।

आगो निभाउन दमकल आएको छैन ।

प्रकाशित मिति : २०८१ चैत १४ गते शुक्रबार