
प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षबीच मुख छोडाछोड र आरोपप्रत्यारोपको अनियन्त्रित बाढी देखा परेपछि पहिलो पल्ट सभामुख देवराज घिमिरेले ‘लाइभ टेलिकास्ट’ रोकेका छन्।
निर्धारित समयभन्दा करिब सभा घण्टा ढिलोगरी सुरु भएको सदनमा प्रतिपक्षले कुलमान घिसिङ बर्खास्ती प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली आइ जवाफ दिनुपर्ने माग राख्दै आ-आफ्नो स्थानमा खडा भएपछि सत्ता गठबन्धनका सदस्यहरूले हाल जारी राजसंस्था फर्काउने आन्दोलनप्रति आक्रोश व्यक्त गर्दै खासगरी राप्रपालाई र पूर्वराजा ज्ञानेन्द्र शाहलाई गाली गर्न थालेपछि सदनको माहोल तनाबपूर्ण बनेको थियो।
तर, राप्रपालई एक्ल्याउने खेलमा सत्ता गठबन्धन सफल हुन सकेन किनकि राजसंस्थाप्रति असहिशुष्णुता राख्ने प्रमुख प्रतिप्रक्षी नेकपा माओवादी केन्द्रसमेत कुलमान प्रकरणमा प्रधानमन्त्री ओलीले सदनमा आएर जवाफ नदिएसम्म कारवाही चल्न नदिने चेतावनी दिएका थिए।
तनावपूर्व वातावरणमा आफ्नो स्थानमा उभिए पनि मौन रहेका राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङदेनले पूर्वराजा शाहप्रति आक्षपपूर्ण भाषाको प्रयोग भएपछि उठेर छातीमा ठोक्दै आफू राजावादी भएको बताएका थिए।
राप्रपाकै दीपक सिंहले सत्ता र खासगरी प्रधानमन्त्री प्रति आन्दोलन दबाउन राज्य सत्ताको दुरुपयोग गरेको आरोप लगाएका थिए। हंगामा भइरहँदा कसले के बोल्यो त्यो स्पस्टसँग नसुनिए पनि उनीहरूका हाउभाउ उत्यजनापूर्ण देखिन्थे।
यहीँ परिदृश्यका बीच लाइभ बन्द भएता पनि संभवत सांसदहरूलाई त्यसकुराको जानकारी थिएन। सदनको कारवाही मर्यादित र निर्धारित तालिकाअनुसार हुन नसकेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि स्थगन गरेका हुन्।
सभामख घिमिरेले प्रधामन्त्री भोलि जवाफ दिन आउने जानकारी गराएपनि प्रतिपक्षीले सुनेका थिएनन्।









प्रतिक्रिया दिनुहोस्