डिजिटल बोर्डमा—‘आई लभ यु प्रमिला, रियल्ली लभ यु’



रुकुमपश्चिमको एक कार्यालयको डिजिटल बोर्डमा ‘प्रमिला म तिमीलाई माया गर्छु, साँच्चै माया गर्छु’ लेखिएको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चित भएको छ।

जिल्लाको आठबिसकोटस्थित नापी कार्यालयको डिजिटल बोर्ड ह्याक भएर यस्तो लेखिएको बताइएको छ।

कार्यालयका प्रमुख मानबहादुर आग्रीले कार्यालयको डिजिटल बोर्ड ह्याक भएर नै असान्दर्भिक कुरा डिस्प्ले भएको जानकारी दिए ।
समाजिक सञ्जालमा उक्त फोटो भाइरल भएको विषयमा उनले भने, “म आफन्त बित्नु भएकोले शोकमा छु, कार्यालयको डिजिटल बोर्डमा अनावश्यक कुराहरू प्रशारण भएको जानकारी पाएँ। कसरी भयो, सुनेर अचम्मित भएको छु।”

उनले डिजिटल बोर्ड ह्याक भएर नै यस्तो हुन गएको बताए । नापी कार्यालय आठबिसकोटमा प्रमिला नामको कोही पनि कर्मचारी नभएको तर उक्त नाम अङ्कित गरेर डिस्प्ले भएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २०८१ चैत १६ गते आइतबार