आमाछोरा नै लागु औषध कारोबारमा, प्रहरीले गर्‍यो वीरेन्द्रनगरकाे पदमपुरबाट पक्राउ



लागु औषध कारोबारमा संलग्न आमाछोरालाई नै सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार ४ बजेतिर वीरेन्द्रनगरको पदमपुरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२, पदमपुरकी ४५ वर्षीय विनिता दर्लामी र उनका २४ वर्षीय छोरा बसन्त दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले बताए ।

उनका अनुसार घरमा लागु औषध कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले छापा हानेको थियो । घरको कोठामा खानतलासी गर्दा ३.३४० ग्राम लागु औषध फेला परेको उनले बताए ।

पक्राउ परेका आमाछोरामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ वैशाख ४ गते बिहीबार