वीरेन्द्रनगरमा फाेर्स गाडीकाे ठक्करबाट एक जनाकाे मृत्यु



सुर्खेत । वीरेन्द्रनगरमा फाेर्स गाडीकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा जुम्लाकाे हिमा गाउँपालिकाका अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढा रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले बताए।

‎रत्न राजमार्ग अन्तरगत फाेरलेन सडकस्थित रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरकाे गाडीले बुढालाई ठक्कर दिएकाे थियाे ।

‎घाइतेे भएका बुढाेकाे उपचारका क्रममा मृत्यु भएकाे विश्वकर्माले बताए।

‎अहिले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिइएकाे छ।

प्रकाशित मिति : २०८२ वैशाख ७ गते आइतबार