
हामी बाँच्नुपर्छ एक भएर मजबुत भएर
एक नेपाली आमाको महान सपूत भएर
बारम्बार दलालले देश बेच्न खोज्छन्
देश बनाए हुन्थियो यार अदभूत भएर
अराजकता मच्चाउने सारा कपुत नै हुन्
बाँच्नु नपरोस् लाजको पात्र कर्तुत भएर
दास बनेर बस्छन अरे यस्तै सुने मैले
के हेरेर बसेका छौं तिमी राजदूत भएर
ए हजुर सिद्धान्त जहिले सिद्धान्त हुन्छ
देश कदापि बन्दैन सिद्धान्तच्युत भएर
सिटामोल नपाएर जनता मरेका छन
राज्यले झन तर्साउछ यहाँ भुत भएर
कमल शाही
ठाटिकाँध -०६ दैलेख
प्रकाशित मिति : २०८१ फागुन ३० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्