
प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि अनुसन्धान गर्ने भएको छ।
प्रसाईं अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
उनीमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको, प्रहरीको ज्यान मार्ने प्रयास गरेको आरोप छ।
यसबीच प्रसाईंविरूद्ध सिआइबीमा अर्को निवेदन परेको हो।
नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न भनेर सिआइबीलाई पत्राचार गरेको हो।
सिआइबी प्रवक्ता एवं एसपी सुधिरराज शाहीका अनुसार प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी पनि जारी भएको छ।
Lev3Laxmi bank
‘प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ। अहिले परिसरको हिरासतमा हुँदा हामीले पनि ल्याएर अनुसन्धान गर्छौं,’ उनले भने।
प्रसाईंले लिएका ऋणहरू दुरूपयोग गरेकाले कारबाही गर्न भनेर राष्ट्र बैंकले पत्राचार गरेको हो।
NchlNcell
उनले होटल, अस्पताल, व्यवसाय विभिन्न नाममा अर्बौंको ऋणलाई दुरूपयोग गरेको आरोप लागेको हो। यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रसाईंलाई नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन’ समितले चैत १४ गते ‘जनकमान्डर’ घोषणा गरेको थियो। भोलिपल्टै उनले तीनकुने क्षेत्रमा प्रदर्शन राखेका थिए। प्रदर्शन हिंसात्मक भएपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
तर उनी भारतको असम भागेका थिए। उनलाई विशेष ब्युरोको टोलीले चैत २९ गते नेपाल ल्याएको हो।
प्रसाईं फरार रहँदा साइबर ब्युरोमा पनि जाहेरी परेको थियो।









प्रतिक्रिया दिनुहोस्