
हिमाली जिल्ला डोल्पामा भीरबाट लडेर दुई जना मजदुरको मृत्यू भएको छ ।
जिल्लाको तिब्ला तातोपानी जोड्ने गोरेटो बाटो हुँदै गएराति कामको शिलशिलामा तातोपानीदेखि तिप्ला गाउँ जाँदै गर्दा भिरालो गोरेटो बाटो लडेर रोल्पाको सुनछहरी गाउँपालिका-३ की अन्दाजी ३२र३३ वर्षकी पार्वती घर्ती मगर र रुकुम पश्चिम आठबिसकोट नगरपालिका-३ का वर्ष १८ का किरण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
उनीहरु ठुलीभेरी नगरपालिका(३ तिप्ला गाउँमा केही समय आगाडिदेखि मजदुर काम गर्दै आएका थिए ।
उनीहरु भिरबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए ।
उनीहरुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा पुर्याइएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ वैशाख १२ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्