
भारतको ओडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको घटनाबारे छानबिन सुरु भएको जानकारी दिएको छ ।
स्थानीय प्रहरीलाई बिहीबार राति ८ः१० बजे घटनाबारे जानकारी आएको र लगत्तै प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिश्नर लगायतका वरिष्ठ अधिकारीहरू घटनाको कारणबारे सोधपुछ र अनुसन्धानमा जुटेको ओडिसाको मौलिक तथा जनसम्पर्क विभागले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा साह बिहीबार साझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।
प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्