
युरिक एसिड बढ्दा जोर्नी दुख्ने, कडा हुने र सुन्निने जस्ता समस्याहरू निम्तन सक्छन् ।
यी समस्याहरू गर्मी महीनामा अझ पीडादायी हुन्छन् । शरीरमा युरिक एसिडको मात्रा बढ्नुको मुख्य कारण गलत खानपान र जीवनशैली नै हो ।
युरिक एसिडका स्तर बढेकोले धेरै मानिसहरू समस्यामा छन् । यिनीहरू युरिक एसिड नियन्त्रण गर्ने उपायहरू खोजिरहेका छन् । यसलाई नियन्त्रण गर्न केही सजिलो र प्रभावकारी उपायहरू अपनाउन सकिन्छ । आजको यस लेखमा हामी गर्मीमा युरिक एसिड घटाउने ५ तरिकाहरूबारे कुराकानी गर्नेछौं ।
१.प्रशस्तै पानी पिउने
गर्मीमा डिहाइड्रेसनको कारणले युरिक एसिडको स्तर बढ्न सक्छ । पर्याप्त पानी पिउनाले शरीरबाट युरिक एसिड बाहिर निकाल्न मद्दत मिल्छ र जोर्नी दुख्ने र सुन्निने समस्याबाट राहत मिल्छ ।
दिनभरि कम्तिमा ८–१० गिलास पानी पिउनुहोस् । सादा पानीको सट्टामा तपाईंले नरिवल पानी र कागती पानी पनि खान सक्नुहुन्छ ।
२. सही आहारको पालना
युरिक एसिड नियन्त्रण गर्न प्यूरिनयुक्त खानेकुराको मात्रा कम भएको आहार खानुपर्छ । रातो मासु, समुद्री खाना र रक्सीको सेवनबाट बच्नुहोस् । फलफूल, तरकारी र बोक्रा नफ्याकिएको अन्न जस्ता फाइबरयुक्त आहार खानुहोस् । काँक्रो, तरबुजा, सुन्तला र मेवा जस्ता पानीयुक्त फलफूलले गर्मीमा युरिक एसिड नियन्त्रण गर्न मद्दत गर्छ ।
३. नियमित रूपमा व्यायाम गर्ने
युरिक एसिड नियन्त्रण गर्न शारीरिक गतिविधिले ठूलो भूमिका खेल्छ । नियमित रुपमा व्यायाम गर्नाले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ र सुन्निने समस्या कम हुन्छ । आफ्नो दिनचर्यामा योग, पौडी खेल्ने र बिहानको पैदल यात्रा समावेश गर्नुहोस् ।
४. हर्बल उपाय अपनाउने
केही प्राकृतिक जडीबुटीहरू युरिक एसिड कम गर्न प्रभावकारी हुन्छन् । अदुवा र बेसार जस्ता एन्टी–इन्फ्लेमेटरी गुण भएका तत्वहरूले दुखाइ र सुन्निने समस्या कम गर्न मद्दत गर्छन् ।
बेसारयुक्त दूध वा अदुवा भएको चिया पिउनुहोस् । यसले पनि युरिक एसिड घटाउन मद्दत गर्छ ।
५. सन्तुलित जीवनशैली अपनाउने
तनाव र खराब जीवनशैलीले युरिक एसिडको स्तर बढाउन सक्छ । पर्याप्त निद्रा, तनाव कम गर्ने उपायहरू अपनाउने र समयमै खाना खाने बानी बसालेर पनि युरिक एसिड नियन्त्रण गर्न सकिन्छ । तनाव कम गर्न ध्यान र श्वासप्रश्वासको व्यायाम गर्नुहोस् ।
गर्मीमा युरिक एसिड नियन्त्रण गर्न उचित आहार अपनाउने, पर्याप्त पानीको सेवन, शारीरिक गतिविधि र प्राकृतिक उपचार अपनाउनुहोस् । यी बानीले युरिक एसिडको स्तरलाई नियन्त्रण त गर्छ नै जोर्नी सुन्निने, दुख्ने जस्ता समस्याबाट पनि राहत दिनेछन् ।
(अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला । )
प्रतिक्रिया दिनुहोस्