कर्णालीका प्रदेश प्रमुख उपचारका लागि अमेरिका जाँदै



सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका जाने भएका छन् ।

वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयले उनको विदा स्वीकृत गरेको छ । उनी जेठ ५ गतदेखि असार १३ गतेसम्मका लागि अमेरिकामा रहने छन् । सोही अवधिका लागि उनको विदा स्वीकृत भएको छ ।

उनको अनुपस्थितिमा कर्णाली प्रदेशको काम सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई तोक्नु राष्ट्रिपति समक्ष सिफारिस गरिएको निर्णयमा उल्लेख छ ।

बुझिएअनुसार उनी आँखाको उपचारका लागि अमेरिका जान लागेका हुन् । नेत्र रोग विशेषज्ञ डा. सन्दुर रुइतको सल्ला अनुसार नै उनी अमेरिका जान लागेको बताइएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार