वैशाख २८ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने कर्णाली सरकारको निर्णय



सुर्खेत । वैशाख २८ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने कर्णाली सरकारको निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले इन्फो कर्णालीलाई जानकारी दिए ।

प्रदेश सभाको हिउँदे अधिवेशन चैत्र १९ गते अन्त्य भएको थियो ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पदस्थापना गर्ने निर्णय गरेको पनि शाहले बताए ।

प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार