दैलेखका विद्युत्को लापरबाहीः करेन्ट लागेर एक जनाको मृत्यू



 

सुर्खेत । दैलेखमा विद्युत् प्राधिकरणको लापरबाहीका कारण छरपस्ट फालिएका विद्युत् तारबाट करेन्ट लागेर एक जनाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय नगेन्द्र माझी रहेका छन् ।
आइतबार बेलुका ५ः५० बजेतिर रुखमा चढेर घाँस काट्ने क्रममा नजिकै रहेको विद्युत् तारले छुँदा करेन्ट लागेर उनको मृत्यू भएको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार