
युवा पर्यटन व्यवसायी देवीकृष्ण रोकाया कर्णाली पर्यटन प्रवद्र्धन समिती सदस्यमा मनोनीत भएका छन ।
सोमबार कर्णालीका पर्यटन मन्त्री सुरेश अधिकारीले समितिको पहिलो बैठकबाट नै मुगु घर भएका युवा पर्यटन व्यवसायी देवीकृष्ण रोकायालाई सदस्यमा मनोनयन गरेका हुन् ।
यसैगरी बैठकमा कर्णालीको पर्यटन प्रवद्र्धन, पुर्वाधार विकास, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बजारिकरण, हवाई सेवा र पर्यटनका नितिगत निर्णयका बारेमा छलफल भएको बताइन्छ ।
नेकपा माओवादी केन्द्र निकट मानिएका रोकायाले यस अघि गाउँ पर्यटन प्रबद्र्धन मञ्चको बोर्ड सदस्यको जिम्मेवारी सम्हालेका थिए ।
प्रकाशित मिति : २०८२ वैशाख २३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्