कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता, खोजीकार्य जारी



कर्णाली नदी । फाईल तस्वीर

कर्णाली नदीमा डुबेर दुई जना किशोर बेपत्ता भएका छन् ।

कालिकोटको नरहरीनाथ गाउँपालिका-१, का १६ वर्षीय विराज विष्ट र दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-९, का अन्दाजी १६ वर्षीय भुवन सावन बेपत्ता भएका हुन् ।

सावन शुक्रबार बिहान १०ः३० बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका-७, अन्तर्गत पर्ने लामादुवाला स्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

विष्ट शुक्रबार दिउँसो १ बजेतिर पचालझराना गाउँपालिका—४, को चाँटेबगर स्थित कर्णालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

दुबै जनाको खोजी कार्य भइरहेको र अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति : २०८२ वैशाख २६ गते शुक्रबार