‎साेमबार प्रचण्ड सुर्खेत आउँदै



सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साेमबार सुर्खेत आउने भएका छन्।
‎
‎मओवादी निकट याेङ कम्युनिस्ट लिग (वाइसिएल) काे प्रदेश सम्मेलनलाई सम्बोधन गर्नका लागि उनी सुर्खेत आउन लागेकाे माओवादी कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जानकारी गराए ।
‎
‎सम्मेलन २९ र ३० गतेसम्म चल्ने बताइएकाे छ। वाइसिएलले जेठ १७, १८ र १९ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनल गर्ने तयारी गरेकाे छ।
‎
‎
‎साेही अनुसार कर्णाली प्रदेशका ९ जिल्लाका वडा, पालिका र जिल्लातहमा सम्मेलनहरु सम्पन्न भएका छन्।
‎
‎ वीरेन्द्रनगरमा हुने प्रदेश सम्मेलनमा ‎सहभागी हुन १० वटै जिल्लाका ७१८ वडा स्तरबाट १/१ जना प्रतिनिधिहरु छैनौट भइसकेकाे संगठनका प्रदेश अध्यक्ष शाेभाकर भण्डारीले बताए।
‎
‎’वाइसीएल को यो सम्मेलनले देशमा विद्यमान भ्रष्टाचार बेथिति, कालोबजारी अनियमितता, अराजकतालाई तह लगाउन, र सुशासन, सामाजिक न्याय र समृ‌द्धि हासिल गर्न उत्पादन नवप्रर्द्धन युवा रोजगारी सृजना गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने उदेश्य लिएको छ,’ उनले भने ।
‎
‎
‎

प्रकाशित मिति : २०८२ वैशाख २७ गते शनिबार