
नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणमा सहभागी भएका छन्। पर्यटन विभागले उनलाई सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आरोहणको अनुमति दिएको हो। शर्मा हाल सगरमाथा आधार शिविरमा छन्।
शर्मासहितको दुई सदस्यीय टोलीको नेतृत्व अनुभवी आरोही फुर्वा शेर्पाले गरिरहेका छन्। टोलीका सम्पर्क अधिकृतको रूपमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रशासकीय अधिकृत नवराज गौतम तोकिएका छन्।
सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार, शर्माले सगरमाथा आरोहणका लागि २७ लाख रुपैयाँमा सम्झौता गरेका छन्, जसको आधा भन्दा धेरै रक भुक्तानी गरिसकेका छन्।
यस सिजनमा हालसम्म ५५ जनाले सफलतापूर्वक सगरमाथा चढिसकेका छन् भने एक ४५ वर्षीय फिलिपिनी नागरिकको चौथो शिविरमा निधन भएको छ। विभागका अनुसार सगरमाथा आरोहणका लागि नेपालसहित ५७ देशका नागरिक आधार शिविरमा छन्।









प्रतिक्रिया दिनुहोस्