
यतिवेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैलेख पुगेका छन् ।
मध्यपहाडी राजमार्ग अभियान अन्तर्गत आइतबार अछाम हुँदै दैलेखको राकम पुगेका उनी मध्यान्ह चामुण्डाबिन्द्रसैनी नगरपालिकाको जुम्बकाँध पुगे ।
प्रचण्डलाई त्यहाँ डौँसुरका अगुवा कृषक नगेन्द्र खड्काले काँक्रो उपहार दिए । खड्का त्यस्ता कृषक हुन् जो गाउँले एफएम दाईका नामले परिचित छन् ।
खड्का खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका व्यक्ति हुन् ।
उनले देशका पूर्वप्रधानमन्त्रीलाई आफ्नै मिहिनेतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी व्यक्त गरे ।
माओवादी केन्द्र निकट किसान संगठमा काम गर्ने उनी डोकोमा काँक्रो लिएर स्वागतमा थिए ।
प्रकाशित मिति : २०८२ जेठ ४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्