जनमत पार्टीका कोषाध्यक्ष यादव रिहा



काठमाडौँ । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव रिहा भएका छन् । आइतबार जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश गरेसँगै उनी रिहा भएका हुन् ।

यादवलाई ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा डा.शरदसिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीका आधारमा आधारमा वैशाख ७ गते सप्तरीको राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।

प्रकाशित मिति : २०८२ जेठ ४ गते आइतबार