बाढी/पहिरो प्रभावित तिलगाउँः ७ दिनपछि पठायो कर्णाली सरकारले राहत



जेठ १ गते राति हिमताल फुटेर आएको बाढी/पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका—६, तिलगाउँमा ७ दिनपछि कर्णाली सरकारले राहत सामग्री पठाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार ५ सेट टेन्ट (अस्थायी घर), २० क्वीन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेस लगायतका सामानहरु पठाइएको छ ।

राहत सामग्री गाडीमार्फत पठाइएको छ ।

प्रकाशित मिति : २०८२ जेठ ८ गते बिहीबार