‘गणतन्त्रले नै जनतालाई सार्वभौमसत्ता सम्पन्न बनायो’



वीरेन्द्रनगर नगरपालिकाका नगर–प्रमुख मोहनमाया ढकाल (भण्डारी)ले गणतन्त्रले नै जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको दाबी गरेकी छन् ।

बिहीबार गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएकी हुन् ।

‘जनताको जनबलबाट स्थापित गणतन्त्र हो, जसले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनायो,’ उनले भनेकी छन्, ‘सबैलाई बोल्न पाउने अधिकार दिलायो , गणतन्त्र जसले लिङ्गका आधारमा, जातीयताका आधारमा हुने विभेदको संवैधानिक रुपमै अन्त्य गरेर समावेशीता लागू गर्यो ।’

अब देशले हामीलाई के दियो हैन हामीले देशलाई के दिन सक्छौं भनेर सबैले आजको दिनमा स्वसमिक्षा गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार