वीरेन्द्रनगरः पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यू



स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीकी १० वर्षीया प्रतिमा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटना शनिबार वीरेन्द्रनगर–४ स्थित पानारोमा होटेलमा भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर घाइते भएकी उनको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेठ १९ गते सोमबार