
सुर्खेत । वीरेन्द्रनगरमा जारी टीबी स्मृति यु—१६ प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दशौं दिन भएका खेलमा घरेलु टोली कर्णाली र बागमतिले शानदार जीत हात पारेका छन् ।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा कर्णालीले गण्डकीलाई १ सय ५८ रनले घर फर्काउँदा कालिञ्चोक मैदानमा बागमतिले ७ विकेटको फारकिलो जीत निकाल्न सफल भएको छ ।
प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीलाई दशौं दिन प्रतिद्वन्द्धी पाएको घरेलु टोली कर्णालीले प्रतियोगिता अन्तर्गत भएका आफ्नो खेल अवधिको सर्वाधिक २ सय ३३ रन जोडको हो ।
पहिला टस जितेर ब्याटिंग गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा जम्मा ३६ ओभरसम्म खेल्दा सबै विकेट गुमाएको थियो । उसले बनाएको स्कोरमा विजय बोहोराको नटआउट ८८ रनको सम्झन लायक योगदान रह्यो ।
क्रिजमा खासै जम्न नसकेका कौस्तुभ खडका र नेत्रविक्रम खत्रीको ओपनर जोडी क्रमशः ११ र १ रनमा पवेलियन फर्किएपछि तेस्रो नम्बरमा आएका नवीन न्यौपानेले अर्धशतकीय पारी खेल्दै टिमलाई सम्हाले ।
रिदम पाण्डेको बलमा विनय कार्कीको हातबाट स्टम्प्ड हुनुअघि नवीनले १ सय ३४ को स्ट्राईक रेटमा ९ चौका र १ छक्कासहित ३८ बलमा ५१ रनको अर्धशकीय पारी खेल्दै जीतको पहिलो कोशेढुंगा खडा गरे ।
त्यसपछि क्रिजमा आएका भूपेन्द्रजंग शाही २ रन र रोशन शाहीले १७ रन बनाउँदै डगआउट फर्किपछि मिर्डर सम्हाल्न आएका नमनसिंह थापाले ४९ बलमा ४२ रन जोडेर टिमलाई मजबुत स्थितितर्फ डोर्याए ।
मिडल अर्डर सम्हाल्न आएका नमनको दर्हो साथ पाएका कर्णालीका विजय बोहोराले ५८ बलको सामना गर्दै १ सय ५१ को स्ट्राईक रेटमा ८ चौका र छ छक्कासहित अविजित ८८ रन बटुल्दै टिमलाई जीत नजिक पुर्याए ।
खेललाई १५ औं ओभरबाट सम्हालेका विजय र नमनले २८ दशमलव ३ ओभरसम्म डोर्याउँदै छैठौं विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरे ।
गण्डकीका लागि टाउको दुखाई बन्दै गएको यो साझेदारी तोड्न सफल भएका शुशील भट्टराईले ६ चौका र १ छक्का ठोकेका नमनलाई बोल्ड गर्दै टिमलाई राहत दिलाए ।
गण्डकीका लागि ८ ओभर बलिंग गरेका शुशील भट्टराईले २ मेडन ३४ डटसहित ४४ रन दिएर ४ विकेट लिए भने अनिश राउते २ मेडन ३७ डटसहित ३ विकेट लिंदा करन गैरेको नाममा १ विकेट रह्यो ।
विनय कार्की विजय बोहोराको एलब्यूडब्ल्यूको शिकार भएका विनय कार्की गोल्डेन डक भएर फर्किए लगत्तै कप्तान विपिन शर्माले ११ बलसम्म डट खेलाउँदै अर्का ओपनर रोज श्रेष्ठलाईपनि खाता खोल्ने मौकै नदिई बोल्ड गराए ।
अर्को ओभरमा जम्मा ५ रन जोडेका प्रतिक रावललाई एलबीडल्यूको शिकार बनाएका विपिनलाई उछिन्दै विजयले फेरि सुप्रिम सुनारलाई १ रनमा एलबीडब्ल्यू र भुवन भट्टराईलाई ६ रनमा बोल्ड गराए ।
त्यसपछिका ब्याटरहरुमध्ये क्रमशः अनिश रावतलाई रोशन शाहीले कौस्तुभको हातमा ५ रनको स्कोरमा क्याच गराउँदा रमित कंडेल र रिदम पाण्डेले खाता खोल्ने मौका पाएनन ।
राज परियाले ३३ बलमा २३ रन र करन गैरेले सान्तन्वनास्वरुप २१ रन जोडेपनि जीतको लागि पर्याप्त भएन।
उता कालुंगचोक मैदानमा भएको अर्को खेलमा बाग्मतिले लुम्विनीमाथि शानदार रुप्मा ७ विकेटको जीत निकाल्दै प्रतियोगितामा आप्mनो दवदबा कायमै राखेको छ ।
टस जितेर पहिला ब्याटिंग गर्न आएको लुम्विनीलाई शुरुदेखि दवाबमा राखेको बाग्मितले निर्धारित ५० ओभरको खेलमध्ये जम्मा २१ दशमलव ५ ओभरमा १ सय १३ रनको सामान्य स्कोरमा लुम्विनीलाई अलआउट गरायो ।
लुम्विनीका ओपनर समिर अली मुसलमानले ५८ बलमा १० चौकासहित ५५ रनको गतिलो शुरुवात दिलाएपनि
तेश्रो नम्बरका रोजन कुमालले १२, आठौं क्रमका देव्यांश वर्माले १० रन जोड्दा लुम्विनीका हिटरको छवि बनाएका रौनक श्रीवास्तव शुशील साउँदको बलमा अभी थपलियालाई ९ रनको व्यक्तिगत स्कोरमा क्याच थमाएपछि लुम्विनी ठाडो उठ्नै सकेन ।
बाग्मतिका बलर सामू निरिह देखिएका लुम्बिनीका बाँकी रहेकामध्ये ३ जनाले ५ रनभन्दा बढि जोड्न सकेनन भने ४ जना शून्यैमै सीमित भए ।
१ सय १४ रनको सहज लक्ष्य लिएर जवाफी ब्याटिंगमा उत्रिएको बाग्मतिले २५ ओभर १ बलमा जम्मा ३ विकेट गुमाउँदै सजिलै लक्ष्य पूरा गरेर आप्mनो वर्चश्व कायम राख्यो ।
बाग्मतिका लागि ओपनिंग गरेका सूर्यांशु कोइरालाले ५७ बलमा ७ चौका र २ छक्कासहित ५४ रनको बलियो पारी खेल्दै टीमको जीतको मजबुत जग बसाले ।
१६ ओभर ३ बलसम्म क्रिजमा टिकेका सूर्यांशुलाई शुभम कोइरालाले फालेको बलमा प्रेम सागर यादवले क्याच आउट गर्नुअघि सूर्यांशुले टिमका लागि आफ्नाे जिम्मेवारी पूरा गरिसकेका थिए ।
२६बलमा ११ रन जोडेका दोश्रो नम्बरका ब्याटर प्रशिद्ध जैसीलाई लक्ष्मण कुमालले प्रेम सागरमार्फत नै क्याच गराएपछि क्रिजमा आएका जोय थापाले २८ रन जोड्दै टिमलाई जीतको मुखैमा पुर्याए ।
१२ रन अतिरिक्त पाएको बाग्मितका लागि शिवशक्ति महतोले ९ रनसहित फिनिसिंग गरे । राउण्ड रोविन चरणको करिव करिव अन्तिमतिर आईपुग्दा खेलिएका जम्मा ६ खेलमध्ये १ मा मात्र हारेको बाग्मति १० अंकसहित पहिलो अंकमा रहँदा ६खेलमा ४ खेल जितेको मधेश ८ अंकसहित दोश्रोमा छन ।
समान खेल खेलेको कोशी नेट रनरेटका आधारमा तेश्रो स्थानमा रहँदा खेल भोलि सुदूर र लुम्विनीबीच हुनेछ ।









प्रतिक्रिया दिनुहोस्