मुख्यमन्त्री कँडेलद्धारा निर्माणाधीन रङ्गशालाको अनुगमन (तस्वीरहरु)



सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगरस्थित निर्माणाधीन रङ्गशालाको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा उनले मङ्सिर २–९ गतेसम्म कर्णालीमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्र सरकारकै कारण पछाडि धकेलिएको प्रष्टिकरण दिएका छन् ।

पहिलाको प्रस्तावित मिति भएको र खेलकुद आयोजना गर्नका लागि मिति तोक्नुपर्ने भएपनि केन्द्रका खेलकुद मन्त्रीहरुले त्यसो नगरिदिएको उनको भनाइ छ ।

तस्वीरहरु

प्रकाशित मिति : २०८१ असोज २२ गते मंगलबार