
सुर्खेत । नायक पल शाहले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलसँग भेट गरेर कर्णालीमा सामाजिक अभियानमार्फत काम गर्न चाहेको बताएका छन् ।
बुधबार कँडेलको कार्यकक्षमा भएको छलफलका क्रममा नायक शाहले यस्तो चाहना दर्शाएका हुन् ।
जवाफमा मुख्यमन्त्री कँडेलले आफ्नो उत्कृष्ट कलामार्फत कर्णालीको पर्यटकीय स्थानहरूलाई थप प्रबद्र्धन गर्न सुझाव दिए ।
राजनितिक नेतृत्वसँग संवाद तथा छलफल गरेर कलाकारितासँगै सामाजिक अभियानलाई जीवन्त राख्ने शाहको प्रयास निकै राम्रो भएको पनि कँडेलले बताए ।
हेर्नुहोस् तस्बीरहरु
प्रकाशित मिति : २०८२ वैशाख ३ गते बुधबार
प्रतिक्रिया दिनुहोस्