बुलबुलेमा अर्को ताल निर्माण कार्य सुरु (तस्बीरहरु)



सुर्खेत । कर्णालीको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा अर्को ताल निर्माण कार्य सुरु भएको छ ।

मंगलबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले ताल निर्माण कार्यको शिलान्यास गरेका छन् ।

यसअघिको ठुलो ताला डुंगा चलाउन प्रयोग गरिएपनि अब बन्ने तालमा भने चलाउन नमिल्ने बताइएको छ । चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयन अन्तर्गत ताल निर्माण गर्न लागिएको हो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको १ करोड १२ लाख ३६ हजार ८६३.८७ लगानीमा ताल निर्माण गर्न लागिएको हो । ०८२ असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी प्रवीन निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ ।

कम्पनीले कम्पाउण्ड वाल, नालालाई व्यवस्थित बनाउनुका साथै ताल वरिपरि मान्छे हिड्ने फुटपात बनाउने लगायतका काम गर्ने छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईँलेका अनुसार अहिले पानीको स्रोत भएपनि लिकेज भइरहेको छ । त्यसलाई संरक्षण गरिने छ ।

नयाँ बन्ने ताल शान्त वातावरणमा चराचुरुङ्गीलाई खेल्न र मनोरम दृश्यका लागि मात्र बनाउन लागिएको उनले बताए ।
ताल ४ हजार दुई मिटर क्षेत्रफलमा बनाइने छ ।

ताल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री यामलाल कँडेलले पुरस्कार पाउने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

हेर्नुहोस् तस्वीरहरुः

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार