२२७ बुँदामा ल्याइएको कर्णालीको बजेटका मुख्य हाइलाइटहरु



 

१. कुल बजेट रू. ३२ अर्व ९९ करोड ६६ लाख ५५ हजार (चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि,

२. चालु बजेट रू. ७ अर्ब ७९ करोड ९१ लाख १ हजार अर्थात् २३.६४ प्रतिशत,

३. पुँजीगततर्फ रू. १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् ६०.५५ प्रतिशत जुन चालु आर्थिक वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको हो,

४. वित्तीय व्यवस्थातर्फ रू. ६१ करोड ५० लाख अर्थात् १.८६ प्रतिशत (जगदुल्ला हाइड्रो पावरको लगानीको हिस्सा,

५. स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रू. ४ अर्व ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत,

६. एकमुष्ट बजेट (अवण्डा) प्रस्ताव गर्ने परिपाटीमा सुधार भएको (चालु वर्ष अर्थ विविधमा राखिएको रकम भन्दा ५७.०९ प्रतिशत घटी,

७. स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय हस्तान्तरणको सीमा वृद्धि गरी रु. ९५ करोड कायम गरिएको, (चालु वर्षको भन्दा १८.७५ प्रतिशतले वृद्धि भएको,

८. स्थानीय तहमा हस्तान्तरण हुने समपुरक अनुदानको रकम वृद्धि गरी रु. ७६ करोड ४६ कायम भएको जुन चालु वर्षको भन्दा १२.७२ प्रतिशतले वृद्धि भएको,

९. स्थानीय तहमा हस्तान्तरण हुने विशेष अनुदानको रकम वृद्धि गरी रु. ३६ करोड ८० कायम भएको जुन चालु वर्षको भन्दा २२.६७ प्रतिशतले वृद्धि भएको,

१०. स्थानीय तहमा हस्तान्तरण हुने ससर्त अनुदानको रकम न्यून गरी चालु वर्षको भन्दा १७.६१ प्रतिशतले घटी भएको,

११. समग्रमा प्रदेश सरकारबाट स्थानीय तहमा हस्तान्तरण हुने अनुदान चालु वर्षको तुलनामा ४.८४ प्रतिशतले घटेको, (कारण ससर्त अनुदानको रकम घटेकोले,

१२. चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.७४ प्रतिशत हुने प्रक्षेपण गरिएको। (गत वर्ष ३.२६%),

१३. बजेटको प्रमुख विशेषता आयआर्जन वृद्धि मार्फत गरिबी न्यूनीकरण गर्ने, उद्यमशीलता र रोजगारी प्रवद्र्धन गर्ने विषयमा केन्द्रित,

१४. कर्णाली प्रदेशको प्रमुख पेसाको रुपमा रहेको कृषि क्षेत्रको प्रवद्र्धन र विकासको लागि चालु आ.व.को तुलनामा ३८ प्रतिशतले बजेट वृद्धि गरिएको,

१५. जेन्जी पुस्तालाई लक्षित गरी द्यगकष्लभकक क्ष्लअगदबतष्यल ऋभलतभच, स्टार्टअप फण्ड लगायतका कार्यकम समावेश,

१६. लगानी प्रवद्र्धन बढाउन लगानी पोर्टल, कर्णाली फण्ड र लगानी सम्मेलनको लागि बजेट विनियोजन,

१७. आयोजना बैड्कलाई सुदृढीकरण गरी आयोजना छनोटलाई थप प्रभावकारी बनाउने विषय समावेश,

१८. कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनको लागि पूर्वाधार विकासमा जोड र पर्यटकीय क्षेत्रको जानकारीका लागि गन्तव्य कर्णाली एप, पर्यटक गाइड बुक, पर्यटन सूचना केन्द्र स्थापना लगायतका विषय समावेश,

१९. वन सम्पदान संरक्षण र उद्यमशीलतामा आधारित रोजगारी र आयआर्जनमा जोड,

२०. कर्णालीमा रहेको जडिबुटीको प्रचुर सम्भावनालाई उपयोग गरी आयआर्जन वृद्धि गर्न विभिन्न कार्यक्रम समावेश गरिएको। (जडिबुटी खेती, संरक्षण बजारीकरण, प्रशोधन केन्द्र स्थापना,

२१. उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बजेट चालु आ.व.को तुलनामा २५ प्रतिशतले वृद्धि गरिएको,

२२. वीरेन्द्रनगर लगायत प्रदेशका प्रमुख सहरमा रहेको खानेपानी समस्यालाई समाधान गर्न बजेट विनियोजन गरिएको। (भेरी लिफ्टिङ आयोजना, सारदा खानेपानी, बनगाड कुपिण्डे खानेपानी,

२३. भौतीक पूर्वाधार विकासमा बजेट केन्द्रित (कुल बजेटको करिब १ तिहाई,

२४. शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखि पूर्वाधार निर्माण तथा सहुलियत, अनुदान, छात्रवृत्तिको कार्यक्रम समावेश,

२५. कर्णाली प्रदेशमा आयोजना हुने दशौ राष्ट्रिय खेलकुदलाई उच्च प्राथमिकता दिई बजेट विनियोजन गरिएको, (पुर्वाधार विकास र खेदकुद तयारीको लागि कुल २८ करोड बजेट विनियोजन,

२६. मानव सेवा आश्रम, वृद्धाश्रम, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, कल्याणकारी सामुदायिक संस्थाको लागि सहयोग कार्यक्रम समावेश गरिएको,

२७. कर्णाली प्रदेशको मौलिक भाषा कला र संस्कृतिको संरक्षणको लागि विभिन्न कार्यक्रम समावेश गरिएको,

२८. सञ्चार तथा सूचना प्रविधिको विकासका लागि लोककल्याणकारी विज्ञापन कार्यक्रम समावेश गरिएको,

२९.Digital Karnali Framework  कार्यान्वयनको विषय समावेश,

३०. विदेशबाट फर्किएका युवालाई लक्षित गरी रिटर्नी रिटेन कार्यक्रम समावेश,

३१. प्रदेश सरकारका निकायबाट प्रकाशन गरिने विज्ञापन तथा सूचनामा प्रदेशमा सञ्चालित सञ्चार, माध्यमलाई प्राथमिकता, पत्रकारिता अध्ययन छात्रवृत्ति, पुरस्कार, बीमा लगायतका कार्यक्रमको लागि बजेट विनियोजन गरिएको,

३२. स्वीकृत बजेट सीमाभित्र रही बजेट कार्यान्वयन गर्ने विषयमा चप कडाई गरिएको,

३३. आन्तरिक राजस्वको दायरा वृद्धि गर्न वन, पर्यटन, कृषि लगायतका सम्भावित क्षेत्र पहिचान गरिएको,

३४. राजस्व छुट तथा सहुलियतको व्यवस्था । उत्पादनमुलक उद्योग, महिला. जेष्ठ नागरिक तथा च्झष्ततबलअभ बाट प्राप्त आय बाट खरिद गरिने जग्गामा रजिष्ट्रेशन दस्तुर छुट,

प्रकाशित मिति : २०८२ असार ३ गते मंगलबार