प्रधानमन्त्री ज्यू, केके अट्न सक्छ हजुरको झोलामा—‘मात्र आफु र आफ्नो पार्टी’ वा समग्र देश ?



सामाजिक अभियान्ताका रुपमा चर्चित बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले प्रधानमन्त्री केपी शर्मालाई ‘तपाईंको झोलामा केके खट्न सक्छ ?’ भन्दै प्रश्न गरेका छन् ।

३१ दिन पैदल यात्रा गरी सुर्खेतबाट काठमाडौँ पुगेका नवराज बोहोरा (भेडा)लाई प्रधानमन्त्रीले भेट्न समय नदिएको विषयमा डा. केसीले ओलीमाथि प्रश्न उठाएका हुन् ।

पैदल यात्री नवराज बोहोरा सुर्खेतमा अभियान्ताकै रुपमा चर्चित छन् । उनले भ्रष्टाचार विरुद्धको अभियान भन्दै कर्णालीका समस्याहरु सुनाउन पैदल यात्रा गरेका थिए ।

मंगलबार खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं पुगेका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो ।

प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइयो ।
सोही विषयमा सुर्खेत निवासी डाक्टर केसीले सामाजिक सञ्जालमै प्रधानमन्त्रीमाथि प्रश्न उठाएका हुन् ।

उनको प्रश्न जस्ताको त्यस्तैः

प्रिय प्रधानमन्त्री ज्यू !

कर्णालीबाट ३१ दिन पैदल यात्रा गर्दै तपाईंलाई भेट्न आएका नवराज बोहोरालाई फर्काइ दिएको खबर आयो । यी असाधारण मान्ठ हुन् । सयाैँ बेसहारा जनावरको उद्दार गरेका छन् ।

कोही नभएका बिरामी मान्छेहरुको सहारा बनेका छन् । आफ्नो पुरा जीवन समाजसेवामा बिताएका छन् ।

उमेर र पदको उचाइले भुइँमान्छेबाट टाढा नहुनु होला, यिनका कुरा सुन्नु, राज्य सन्चालनमा तपाईंलाई केही न केही सिकाइ जरुर हुने छ । फेरी तपाईं कुनै धनाढ्य देशको मालिक होइन, प्रगतिरथ राष्ट्रको सेवक–प्रधानमन्त्री हो ।

प्रिय प्रधानमन्त्री ज्यू, केके अट्न सक्छ हजुरको झोलामा– ‘मात्र आफु र आफ्नो पार्टी’ वा समग्र देश ?

प्रकाशित मिति : २०८२ असार ३ गते मंगलबार