खेतमा धान रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा एक जनाको मृत्यु, चार घाइते



खेतमा धान रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा सुर्खेतमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

‎ मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–८, कुइरेका २७ वर्षीय डिल बहादुर शाही रहेका छन् ।

‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, दिउँसो करिब ३ बजे स्थानीय वीर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासी चट्याङ परेको थियो ।

‎‎ चट्याङ लागेर गम्भीर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

‎‎चट्याङ लागेर घाइते हुनेहरुमा सोही स्थानका १७ वर्षीय पर्बत विक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नविन विक र ३० वर्षीया सुनिता गिरी रहेका छन् ।

‎ उनीहरुको अवस्था सामान्य रहेको र मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार