
सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
नेकपा एमालेबाट निर्वाचित साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार रंगेहात पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयका अनुसार, सेवाग्राहीसँग घुस रकम मागिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको टोलीले मेयर साहलाई पक्राउ गरेको हो ।
उनले नगरपालिका कार्यालय परिसरभित्रै सेवाग्राहीबाट नगद एक लाख रुपैयाँ लिइरहेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउन बर्दिबासस्थित अख्तियारको कार्यालयमा लगिएको आयोगले जनाएको छ। साह २०७९ सालको स्थानीय तह निर्वाचनमा कल्याणपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार









प्रतिक्रिया दिनुहोस्