कर्णालीका कृषिमन्त्री शाहः निवास र मन्त्रालयमा करेसाबारी बनाउन छुट्याए ३ लाख बजेट



कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले आफु बस्ने मन्त्री निवास र मन्त्रालयमा करेसाबारी तथा बगैँचा निर्माण गर्न बजेट छुट्याएका छन् ।

चालु आर्थिक वर्ष ०८२/८३ को बजेटमा मन्त्री शाहको निर्देशनमा “मन्त्री निवास तथा मन्त्रालयमा करेसाबारी तथा बगैँचा निर्माण’ शीर्षकमा ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यो बजेटमार्फत मन्त्री निवास र मन्त्रालयको खाली जग्गामा हरियाली प्रवद्र्धन गर्ने र अर्गानिक तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार