कर्णाली सरकारले गर्‍यो एकै पटक ३०५ जना स्थानीय तहका कर्मचारीको सरुवा



सुर्खेत । कर्णाली प्रदेश सरकारले ऐतिहासिक निर्णय गर्दै पहिलो पटक प्रदेशभित्रका ३०५ जना स्थानीय तहका कर्मचारीको सरुवा गरेको छ ।
लामो समयदेखिको कानूनी अड्चन फुकाउँदै बिहीबार सरकारले उक्त निर्णय गरेको हो ।

हालै पारित भएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन—०८१’ ले प्रदेश सरकारलाई कर्मचारी सरुवाको अधिकार दिएको थियो । यही अधिकार प्रयोग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो कदम चालेको हो ।

यसअघि ऐनको अभावमा वर्षौंदेखि एउटै तहमा कार्यरत कर्मचारीको सरुवा हुन सकेको थिएन, जसले सेवा प्रवाहमा सुस्तता आएको गुनासो बढ्दो थियो ।

 

स्थानीय तहका कर्मचारीहरुको सरुवा विवरण

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार